गुगलद्वारा पिक्सेल ७ तथा ७ प्रो, पिक्सेल वाच र पिक्सेल ट्याब्लेटको झलक प्रस्तुत

  • Technology Khabar | ३० बैशाख २०७९, शुक्रबार
गुगलद्वारा पिक्सेल ७ तथा ७ प्रो, पिक्सेल वाच र पिक्सेल ट्याब्लेटको झलक प्रस्तुत

काठमाडौं ।

गुगलले हालै आफ्ना पिक्सेल ७, पिक्सेल ७ प्रो, पिक्सेल वाच तथा पिक्सेल ट्याब्लेटको झलक प्रस्तुत गरेको छ।

कम्पनीले बुधबार आफ्नो आई/ओ डेभलपर कन्फ्रेन्समा पिक्सेल ६ए स्मार्टफोन तथा पिक्सेल बड्स प्रो सार्वजनिक गर्ने क्रममा यी आउँदै गरेका उत्पादनहरुका बारेमा पनि जानकारी दिएको हो।

जीएसएमएरिनाका अनुसार पिक्सेल ७ र ७ प्रोमा गुगलको नेक्स्ट जेनेरेशन टेन्सर चिपसेट प्रयोग गरिएको छ।

कम्पनीले उक्त कार्यक्रममा पिक्सेल ७ सिरिजको पछाडिपट्टिको भाग देखाएकोमा यसको भाइजर पिक्सेल ६ सिरिजको जस्तै भएको पाइएको छ। एलुमिनियमबाट बनेको क्यामरा बार भने फ्रेमको एकबाट अर्को साइडसम्म दिइएकव छ।

यसैगरी कम्पनीद्वारा नै डेभलप गरिएको पिक्सेल स्मार्टवाच गोलाकार रहेको पाइएको छ भने यो फिटबिटसँगको संयोजनमा आउने बताइएको छ।

जीएसएमएरिनाले उल्लेख गरे अनुसार पिक्सेल ट्याबमा भने गुगल टेन्सर चिपसेट रहने साथै यो यूजरको पिक्सेल स्मार्टफोनको सुहाउँदो साथी हुने हिसाबले डिजाइन गरिएको कम्पनीको भनाइ छ।

यसको अगाडि पछाडि दुवैतिर सिंगल क्यामरा सेटअप रहेको देख्न सकिन्छ।

प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...