ह्याक भएको एकाउन्ट फिर्ता लिन नसकेपछि कान्तिपुर टिभीको नयाँ ट्विटर ह्याण्डल

  • Technology Khabar | २९ बैशाख २०७९, बिहीबार
ह्याक भएको एकाउन्ट फिर्ता लिन नसकेपछि कान्तिपुर टिभीको नयाँ ट्विटर ह्याण्डल

काठमाडौं ।

कान्तिपुर टेलिभिजनको आधिकारीक ट्विटर एकाउन्ट ह्याक भएसँगै टिभीले नयाँ ट्विटर ह्याण्डल संचालनमा ल्याएको जानकारी दिएको छ।

टिभीले अब यसअघि संचालनमा रहेको तर करिब २ वर्षदेखि निस्क्रिय रहेको पुरानो ट्विटर एकाउन्टलाई अपडेट गरेर आधिकारीक बनाएको घोषणा गरेको हो।

अब कान्तिपुर टिभीले ट्विटर एकाउन्ट @KantipurTVHD बाट समाचार तथा अन्य सामग्री दिने जनाएको छ।

पछिल्लो दिनहरुमा धेरै नेपाली प्रयोगकर्ताहरुको सामाजिक संजाल एकाउन्ट ह्याक भईरहेको बेलामा कान्तिपुर टिभीको आओरकेटिभी (@ourktv) यूजर नेम भएको भेरिफाइड ट्विटर एकाउन्ट नै ह्याक भएको थियो।

सो एकाउन्ट चैत २६ गते ह्याक भएको थियो। तर अहिलेसम्म सो एकाउन्ट ह्याकरको कब्जामा रहेको र त्यसमा गत अप्रिलसम्म एनएफटीको प्रचार गरिएको छ। एक महिना बितिसक्दा पनि कान्तिपुरले सो ह्याक भएको ट्विटर ह्याण्डल फिर्ता ल्याउन सकेको छैन्।

कान्तिपुरले सो ह्याक भएको ट्विटर ह्याण्ड पुन: प्राप्तिका लागि केहि समय लाग्ने जानकारी गराएको छ। तर कहिलेसम्म सो ट्विटर ह्याण्ड फिर्ता हुनेछ भन्ने जानकारी दिएको छैन्।

हाल संचालनमा ल्याएको ट्विटर ह्याण्ड सन् २०२० जून २५ देखि निस्क्रिय रहेको देखिन्छ। सो ट्विटर ह्याण्डलमा १ लाख ५० हजार भन्दा धेरै फलोअरहरु छन भने ह्याक भएको ट्विटर ह्याण्डल २ लाख ८५ हजार भन्दा धेरै फलोअरहरु छन्।

यो पनि हेर्नुस्-

कान्तिपुर टेलिभिजनको आधिकारीक ट्विटर एकाउन्ट ह्याक !

प्रकाशित: २९ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...