ट्विटर इंकका सह-संस्थापक ज्याक डोर्सी फेरी सिईओ बन्न अनिच्छुक

  • Technology Khabar | २९ बैशाख २०७९, बिहीबार
ट्विटर इंकका सह-संस्थापक ज्याक डोर्सी फेरी सिईओ बन्न अनिच्छुक

काठमाडौं ।

ट्विटर इंकको सह-संस्थापक ज्याक डोर्सीले उनी सोशल मिडिया कम्पनीको नेतृत्व पुन: लिन इच्छुक नभएको बताएका छन्।

यदि इलन मस्कले टेकओभर सम्झौतालाई सफलतापूर्वक बन्द गर्न सफल भएमा आफ्नो सीमित संलग्नताको संकेत भने उनले गरेका छन्।

डोर्सी, जो हाल भुक्तानी फर्म ब्लक इंकको प्रमुख छन्, र ट्विटरमा २.४ प्रतिशत हिस्सेदारीको मालिक छन्।

डोर्सीले एक ट्विटको जवाफमा आफू फेरी कहिले पनि ट्विटर इंकको सिईओ नबन्ने बताएका हुन्।

ट्विटर बोर्डले अप्रिल २५ मा मस्कको ४४ अर्ब डलरको खरिद प्रस्ताव स्वीकार गरेपछि,र सम्झौता बन्द भएपछि कम्पनीको नयाँ नेतृत्वमा थोरै स्पष्टता छ।

मस्कले नयाँ प्रमुख कार्यकारी नियुक्त गर्न सक्ने समाचारहरु आईरहेका छन र टेस्ला इंकका प्रमुखले अस्थायी रूपमा शीर्ष पद लिन सक्ने रिपोर्टहरू छन्।

डोर्सीले सामाजिक सञ्जाल कम्पनीको प्रमुखको रूपमा उथलपुथल गरेका छन्। सेवा सुरु गरेको दुई वर्षपछि सन् २००८ मा उनलाई ट्विटरको सीईओको रूपमा प्रतिस्थापन गरिएको थियो, तर गत वर्षको अन्त्यमा मुख्य प्रविधि अधिकारी पराग अग्रवाललाई भूमिका सुम्पनुअघि सन् २०१५ मा पुनः शीर्ष पदमा उनी नियुक्त भए।

यसैबीच, भर्खरको नियामक फाइलिङले मस्कले प्रस्तावित अधिग्रहणमा आफ्नो शेयर योगदान गर्न डोर्सीसँग वार्ता गरिरहेको देखाएको छ।

प्रकाशित: २९ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...