इन्टेलद्वारा एनभिडियाको बजारलाई चुनौती दिनेगरी नयाँ एआई चिप सार्वजनिक

  • Technology Khabar | २९ बैशाख २०७९, बिहीबार
इन्टेलद्वारा एनभिडियाको बजारलाई चुनौती दिनेगरी नयाँ एआई चिप सार्वजनिक

काठमाडौं ।

इन्टेल कर्पले मंगलबार गौडी२ नामक नयाँ चिप सार्वजनिक गरेको छ।

यो नयाँ चिप विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स कम्प्युटिङमा केन्द्रित रहेको र कम्पनीले एनभिडिया कर्पको एआई चिप बजारमा रहेको वर्चस्वलाई टक्कर दिने योजना बनाएको रोयटर्सले जनाएको छ।

गौडी२ इजरायली एआई चिप हबानाज ल्याब्सको दोस्रो जेनेरेशनको प्रोसेसर हो। हबानाज ल्याब्सलाई इन्टेलले सन् २०१९ मा २ अर्ब डलरमा किनेको थियो।

एनभिडियाको सफ्टवेयर प्लेटफर्म सीयूडीएको बानी परेकाले एनभिडियाको बजार हिस्सा खोस्नु थुप्रै एआज्ञ अनुसन्धाताका लागि चुनौती भइरहेको देखिएको छ।

एआई कम्प्युटिङका लागि नयाँ चिपबाहेक इन्टेलले सफ्टवेयर डेभलपमेन्टमा पनि ध्यान केन्द्रित गरिरहेको रोयटर्सले जनाएको छ।

प्रकाशित: २९ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...