
काठमाडौं ।
आईफोन १४ सिरिज केही समययता चर्चाको शिखरमा रहँदै आएको छ।
यो लाइनअपमा आईफोन १४, आईफोन १४ प्रो, आईफोन १४ म्याक्स र आईफोन १४ प्रो म्याक्स गरी चार ओटा मोडल हुने आकलन गरिएको छ।
यो सिरिजमा के कस्तो काम भइरहेको छ भन्नेबारे कम्पनीले कुनै जानकारी दिएको छैन। तर नयाँ भेरियन्ट आईफोन १४ म्याक्सको भने विवरण र मूल्य अनलाइनमा लीक भएको छ।
यसबाहेक ६ जीबी र्याम तथा २५६ जीबीसम्मको आन्तरिक स्टोरेजका साथमा पछाडिपट्टि डुअल क्यामरा सेटअप रहने बुझिएको छ।
टिपस्टर सामले ट्विटरमा लीक गरेको विवरण अनुसार आईफोन १४ म्याक्सको ६/१२८ जीबी भेरियन्टको ८९९ डलर पर्नेछ। तर यसको अरु भेरियन्टको मूल्य भने खुलाइएको छैन।
यसमा ६.६८ इन्चको ओएलईडी डिस्प्ले रहने पनि विवरणमा उल्लेख छ।
प्रकाशित: २९ बैशाख २०७९, बिहीबार