
काठमाडौं ।
अमेजनले हालै एउटा गोदामका व्यवस्थापक तथा कर्मचारीलाई निस्कासन गरेको छ।
यूनियनको पक्षमा मत दिएका स्टाटेन आइल्याण्ड वेयरहाउसका ती कर्मचारीलाई कम्पनीले निस्कासन गरेपछि यूनियनविरुद्धको उक्त गतिविधिले कानून उल्लङ्घन गरेको भन्दै स्थानीय श्रम नियामकले छानबिन गर्ने भएको छ।
सञ्चारमाध्यम मदरबोर्डको रिपोर्ट अनुसार अमेजनको गोदाममा काम गर्ने ट्रिस्टन डचिन नामक कर्मचारीलाई उत्पादकत्वको लक्ष्य पूरा गर्न नसकेको भन्दै निकालिएको थियो।
यस्तै म्याट क्युसिकलाई पनि कम्पनीले कोभिड १९ का बिरामी आफन्तको उपचारका लागि बिदा लिएर गएकोमा जागिरलाई बेवास्ता गरेको आरोपमा निस्कासन गरिएको सीनेटले उल्लेख गरेको छ।
यी दुवै कामदार गत अप्रिलमा आयोजित अमेजन लेबर यूनियनको मतदान कार्यक्रममा उपस्थित भएका र त्यसै कारण आफूहरुलाई निकालिएको उनीहरुको भनाइ छ।
समग्रमा उक्त वेयरहाउसका ६ जना वरिष्ठ व्यवस्थापकहरुले जागिर गुमाएको द न्यूयोर्क टाइम्सले जनाएको छ।
प्रकाशित: २९ बैशाख २०७९, बिहीबार