कुलमानको नाम र तस्विर प्रयोग गरी नक्कली ट्विटर ह्यान्डल सञ्चालन

  • Technology Khabar | २८ बैशाख २०७९, बुधबार
कुलमानको नाम र तस्विर प्रयोग गरी नक्कली ट्विटर ह्यान्डल सञ्चालन

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाम र तस्विर दूरुपयोग गरेर सामाजिक संचालनमा गलत सूचनाहरु सम्प्रेषण भईरहेकोमा सबैलाई सचेत हुन भनेका छन् ।

उनले आफ्नो नाम र तस्बीर प्रयोग गरी खोलिएका नक्कली ट्विटर ह्यान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

“मेरो आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु,” जारी विज्ञप्तिमा घिसिङले भने।

यसका साथै घिसिङले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगरीदिन समेत सबैलाई हार्दिक अनुरोध गरेका छन्।

प्रकाशित: २८ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...