
काठमाडौं ।
रुसले अमेरिकी स्याटेलाइट इन्टरनेट कम्पनी भायास्याटमाथि साइबर हमला गरेको खुल्न आएको छ।
हालै बेलायत तथा अमेरिकाका जासूसी संस्थाहरुले यो जानकारी बाहिर ल्याएका हुन्।
उक्त हमला गत फेब्रुअरी २४ मा रुसले यूक्रेनमाथि युद्ध शुरु गर्नुभन्दा एक घण्टा अगाडि भएको र यसबाट हजारौं यूक्रेनी उपभोक्ताको इन्टरनेट आउटेज भएको साथै मध्ययूरोपका इन्टरनेट प्रयोगकर्ता पनि मारमा परेको बीबीसीले उल्लेख गरेको छ।
अधिकारीहरुले हमलापशचात् नै यसमा रुसको हात हुनुपर्ने आशंका गर्दै आए पनि प्रमाण नभएका कारण सार्वजनिक रुपमा अभिव्यक्त गर्न सकेका थिएनन्।
भायास्याटले व्यावसायिक तथा सैन्य उपभोक्ताका लागि उच्च गतिको स्याटेलाइट ब्रोडबयाण्ड सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले यसअघि उक्त साइबर हमलामा आफ्ना दशौं हजार टर्मिनलहरु मर्मत गर्नै नमिल्ने गरी ध्वस्त पारिएका बताउँदै कोर नेटवर्क पूर्वाधार र स्याटेलाइट भने सुरक्षित रहेको जानकारी दिएको बीबीसीले जनाएको छ।
प्रकाशित: २८ बैशाख २०७९, बुधबार