
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी जेडटीईले एक्शन ४० अल्ट्रा तथा एक्शन ४० प्रो स्मार्टफोन सार्वजनिक गरेको छ।
यीमध्ये अल्ट्रा डिभाइसमा कम्पनीले तेस्रो जेनेरेशनको अन्डर डिस्प्ले क्यामरा दिएको छ।
सँगै सार्वजनिक भएको प्रो भेरियन्टमा भने अन्डर डिस्प्ले क्यामरा नदिइएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
यसअघिका एक्शन २० फाइभजी तथा एक्शन ३० फाइभजीमा पनि अन्डर डिस्प्ले क्यामरा उपलब्ध गराइएको थियो। तर यसको डिस्प्लेको रिफ्रेश रेट भने बढाइएको छ।
जेडटीई एक्शन ४० अल्ट्रा
यसमा ६.८ इन्चको एमोलेड डिस्प्ले दिइएको छ भने पछाडिपट्टि सोनीको आईएमएक्स७८७ सेन्सरयुक्त ६४ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप उपलब्ध छ।
सेल्फीका लागि १६ मेगापिक्सेलको सेन्सर दिइएको यसमा स्न्यापड्रागन ८ जेन १ चिपसेटका साथमा ८, १२ र १६ जीबीसम्म एलपीडीडीआर५ र्याम दिइएको छ।
यस्तै आन्तरिक स्टोरेज भने १ टीबी, ५१२ जीबी र २५६ जीबी गरी तीन भेरियन्टमा उपलब्ध हुने यो डिभाइसमा तापक्रम व्यवस्थापनका लागि ठूलो भेपर च्याम्बर पनि दिइएको छ।
यो डिभाइसमा ८० वाट फास्ट चार्जिङ सपोर्टसहितको ५००० एमएएच ब्याट्री रहने र यसको मूल्य चीनमा ५ हजार यूआन् अर्थात ७४५ डलरदेखि शुरु हुने बुझिएको छ।
प्रकाशित: २८ बैशाख २०७९, बुधबार