चोरीका ल्यापटप, क्यामरा तथा मोबाइल सहित २ जना पक्राउ

  • Technology Khabar | २७ बैशाख २०७९, मंगलवार
चोरीका ल्यापटप, क्यामरा तथा मोबाइल सहित २ जना पक्राउ
सांकेतिक तस्बिर।

काठमाडौं ।

काठमाडौंका विभिन्न स्थानबाट ल्यापटप, क्यामरा तथा मोबाइल लगायतका विद्युतीय सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका-४ पुरानोगुहेश्वरी बस्ने ३० वर्षीय सुर्य पुतुवार र तारकेश्वर नगरपालिका-४ सानोपुल बस्ने धादिङ गंगाजमुना गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

काठमाडौं जिल्लास्थित विभिन्न स्थानबाट बिभिन्न विद्युतीय सामग्रीहरु चोरी हुने क्रम बढेको जनगुनासो प्राप्‍त भएपश्‍चात प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई चोरी गरेको १ थान ल्यापटप, २ थान क्यामरा र विभिन्न कम्पनीका २६ थान मोबाइलसहित पक्राउ गरेको हो।

जिल्ला अदालत काठमाडौंबाट चोरी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार