टेस्लाद्वारा शांघाईका सबै प्लाण्टको उत्पादन मंगलबार बन्द

  • Technology Khabar | २७ बैशाख २०७९, मंगलवार

काठमाडौं ।

टेस्लाले शांघाईका अधिकांश प्लाण्टबाट हुने उत्पादन स्थगित गरेको छ।

आफ्ना विद्युतीय सवारीका लागि आवश्यक पार्टपुर्जाहरुको आपूर्ति सुरक्षित गर्न नसकेकाले उत्पादन बन्द गरेको कम्पनीको आन्तरिक परिपत्रमा उल्लेख भएको रोयटर्सले जनाएको छ।

उक्त प्लाण्ट मंगलबारका लागि बन्द गरिएको र मंगलबार २०० ओटाभन्दा कम कार उत्पादन गर्ने परिपत्रमा उल्लेख भएको बुझिएको छ। यो आँकडा २२ दिनसम्म बन्द भएर गत अप्रिल १० मा खुलेको प्लाण्टले दैनि उत्पादन गर्दै आइरहेको १२०० यूनिटभन्दा निकै कम रहेको छ।

कम्पनी स्रोतका अनुसार आपूर्ति श्रृङ्खलामा आएको गडबडीका कारण सोमबार उत्पादन नै बन्द गर्नुपरेको हो।

शांघाईमा हाल छैटौं हप्ता लकडाउन चलिरहेका कारण विभिन्न निर्माता तथा फ्यासिलिटीहरुले कडा प्रतिबन्धका बिच मानव संसाधन तथा कच्चा पदार्थको तालमेल मिलाएर उत्पादन गरिरहनुपरेको रोयटर्सले उल्लेख गरेको छ।

टेस्लाले भने गत हप्ता आफ्ना उत्पादन आउँदो हप्तादेखि लकडाउन-पूर्वको स्तरमा पुर्याउने घोषणा गरेको थियो।

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया