कार निर्माताहरु अटोनोमस भेहिकलको सेन्सरको विकल्पतिर

  • Technology Khabar | २७ बैशाख २०७९, मंगलवार

काठमाडौं ।

अटोनोमस भेहिकल अर्थात् स्वायत्त सवारीका लागि निर्माताहरुले सेन्सरको विकल्प खोजेका छन्।

विश्व कार निर्माताहरु बिच सेन्सरको बजार प्रतिस्पर्धी बन्दै गइरहेकामा टेस्लाले यसै महिनादेखि आफ्ना कारहरुमा एमएमवेभ राडारलाई छोडेर क्यामरामा आधारित भिजुअल पर्सेप्सन सिस्टम प्रयोग गर्ने डिजिटाइम्सले उल्लेख गरेको छ।

टेस्लाले उक्त सिस्टमले राडार प्रयोग नगर्ने, अर्ध-स्वचालित ड्राइभिङ फङ्शनका लागि कारमा रहेको पछाडिको क्यामरामा मात्र भर पर्ने र यसका लागि लेभल २+ अटोनोमस भेहिकल र लेभल ४/५ ड्राइभरलेस रोबोट्याक्सीको योग्यता पूरा गर्नुपर्ने बताइएको छ।

तर केही अटो निर्माताहरुले विशुद्ध भिजुअल पर्सेप्शन सिस्टमसँग सम्बद्ध सम्भाव्य चुनौतीलाई केन्द्रमा राखेका छन्। उनीहरुले कारका क्यामराले खराब मौसममा राम्ररी काम नगर्ने  समस्यालाई पनि अगाडि सारेका छन्।

हालै आएको ४डी इमेजिङ राडार प्रविधिले परम्परागत एमएमवेभ राडारको अब्जेक्ट डिटेक्शन फङ्शन पनि विस्तार गरेको छ जसले विविध प्रकारका मौसममा राम्ररी काम गर्ने बताइएको छ।

४डी इमेजिङ राडारले लाइडार प्रविधिलाई विस्थापित गर्ने र भविष्यमा लेभल २+ र लेभल ३-५ का अटोनोमस भेहिकलमा प्रयोग हुन सक्ने डिजिटाइम्सले उल्लेख गरेको छ।

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार