नथिङ लञ्चर एन्ड्रोइड ११ र त्यसभन्दा माथि रहेका डिभाइसमा उपलब्ध

  • Technology Khabar | २७ बैशाख २०७९, मंगलवार

काठमाडौं ।

नथिङको आफ्नो लञ्चर एन्ड्रोइड ११ वा त्यसभन्दा माथिको भर्सनयुक्त सबै डिभाइसका लागि उपलब्ध गराएको छ।

नथिङका सीईओ तथा सह संस्थापकले गत मार्चमा  नथिङ फोन १ सार्वजनिक गर्ने घोषणा गरेका थिए।

कम्पनीले यसै वर्षको अन्त्यसम्ममा स्मार्टफोन निकालिसक्ने र त्यसमा एप्पल तथा सामसङजस्ता ठूला प्रविधि कम्पनीले अपनाएको भन्दा फरक इकोसिस्टम प्रयोग गरिने पनि जानकारी दिएका थिए।

त्यसै क्रममा कम्पनीले हालै एन्ड्रोइड ११ र त्यसभन्दा माथिका भर्सनले प्रयोग गर्न मिल्ने लञ्चर सार्वजनिक गरेको हो।

कम्पनीले सोमबार एन्ड्रोइड ११ र त्यसभन्दा माथिका भर्सन चलिरहेका डिभाइसका लागि बिटा लञ्चर उपलब्ध गराएको हो।

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार