काठमाडौं ।
ट्राभल र हस्पिटालिटी टेक्नोलोजी प्लेटफर्म ओयोले युरोपमा आधारित कम्पनी ‘डाइरेक्ट बुकर’को अधिग्रहण पूरा गरेको छ। कम्पनीले यो सम्झौता ५५ लाख डलर अर्थात करिब ४० करोड भारतीय रुपैयाँमा सम्पन्न भएको सोमबार जानकारी दिएको छ।
यो अधिग्रहणले भारतमा आधारित कम्पनी ओयोको युरोप र क्रोएसियामा व्यापकरूपमा उपस्थितिलाई बलियो बनाउनेछ, जहाँ यसको बेलभिला प्लेटफर्ममा लगभग १,८०० छुट्टी मनाउन मिल्ने घरहरू छन् र यसको प्लेटफर्ममा ७ हजार भन्दा बढी घरहरू छन्।
डाइरेक्ट बुकरसँग ३२०० भन्दा बढी घरहरू छन् र हालसम्म २० लाख ग्राहकहरूले यसको सेवाहरू लिएका छन्।
यो अधिग्रहणले ओयोलाई युरोपमा व्यापक उपस्थिति दिने बताएको छ। ओयोका ग्लोबल चिफ बिजनेस अफिसर अंकित टण्डनले कम्पनीको फोकस युरोपमा प्रवेश गर्ने भएको बताए।
ओयोले हालको दिनमा विशेष गरी युरोपेली बजारमा रणनीतिक वृद्धि गर्ने योजना अनुरूपमा ‘टक-इन’ अधिग्रहणहरूका लागि सक्रिय रहेको गरेको छ। ओयोले पहिले नै नेदरल्याण्ड, डेनमार्क, बेल्जियम, जर्मनी, अस्ट्रिया लगायतका देशहरुमा बलियो पदचिन्ह राखेको छ।
प्रकाशित: २७ बैशाख २०७९, मंगलवार