काठमाडौं ।
लेनोभो अन्तर्गत रहेको मोटोरोलाले छिट्टै बजारमा नयाँ स्मार्टफोन ल्याउने भएको छ। कम्पनीले आगामी मे १२ शुक्रबारका दिन आफ्नो एज सिरिजको नयाँ मोबाइल मोटोरीला एज ३० सार्वजनिक गर्ने भएको हो।
मोटोरोलाले यो डिभाइसलाई विश्वकै सबैभन्दा पातलो तथा हलुका फाइभजी फोन हुने दावी गरेको छ।
साथै यो फोन भारतमा स्न्यापड्रागन ७७८जी+ तथा फाइभजी प्रोसेसरयुक्त पहिलो फोन हुने पनि बताइएको छ।
यो फोनलाई भारतमा ई-कमर्स प्लेटफर्म फ्लिपकार्टमार्फत् बिक्रीका लागि उपलब्ध गराइने न्यूज१८ डटकमले जनाएको छ।
मोटोरोला एज ३० प्रो भने भारतमा यसअघि नै सार्वजनिक गरिसकिएको छ। स्न्यापड्रागन जेन+ १ प्रोसेसरयुक्त यो फोनको मूल्य भारतमा ४४ हजार ९९९ भारु तोकिएको छ।
मोटोरोला एज ३० स्मार्टफोन अघिल्लो महिना विश्वस्तरमा सार्वजनिक गरिएको थियो। यो स्मार्टफोनमा १४४ हर्ज रिफ्रेश रेटयुक्त पीओएलईडी डिस्प्ले, २५६ जीबी आन्तरिक स्टोरेज, ट्रिपल रियर क्यामरा सेटअप तथा ४०२० एमएएचको ब्याट्री रहने बुझिएको छ।
यसको डिस्प्ले साइज भने ६.५५ इन्चको हुनेछ भने यसमा १२ जीबीसम्मको र्याम उपलब्ध हुनसक्ने बुझिएको छ।
प्रकाशित: २७ बैशाख २०७९, मंगलवार