शक्तिशाली २०० मेगापिक्सेल क्यामरा भएको ‘एन७३’ स्मार्टफोन ल्याउँदै नोकिया

  • Technology Khabar | २७ बैशाख २०७९, मंगलवार

काठमाडौं ।

नोकियाले चाँडै नै नयाँ स्मार्टफोन ल्याउने भएको छ। नोकियाको यो स्मार्टफोन नोकिया एन७३ नामबाट बजारमा लन्च गर्न सक्नेछ।

यसअघि नोकियाको एन७३ फोन २००६ मा धेरै लोकप्रिय थियो। अब कम्पनीले फेरि यो स्मार्टफोनलाई नयाँ अवतारमा लन्च गर्ने योजना बनाएको छ। सन् २००० भन्दा पहिले, नोकिया संसारको नम्बर एक मोबाइल फोन निर्माता थियो। तर एन्ड्रोइड र आईओएसको आगमनसँगै नोकिया स्मार्टफोनको मामिलामा पछि परेको छ।

अब कम्पनीले फेरि ससक्त फिचर भएका स्मार्टफोन लन्च गर्नमा ध्यान केन्द्रित गरेको छ। नोकियाले पछिल्लो समय फिचर फोन, बजेट फोन र फ्ल्यागशिप स्मार्टफोनहरु निरन्तर सार्वजनिक गरेको छ।

नोकियाको बारेमा चीनबाट आएको खबरअनुसार कम्पनीले हाल नोकिया एन७३ स्मार्टफोन लन्च गर्ने योजना बनाएको छ। नोकियाको आगामी स्मार्टफोनमा पावरफुल क्यामरा फिचर हुनेछ।

कम्पनीले यसअघि सन् २००६ मा सिम्बियन अपरेटिङ सिस्टम भएको नोकिया एन ७३ स्मार्टफोन ल्याएको थियो। अब कम्पनीले यो स्मार्टफोनलाई एन्ड्रोइडसँग नयाँ अवतारमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ।

सीएनएमओको रिपोर्ट अनुसार कम्पनीले नोकिया एन७३ स्मार्टफोनमा काम गरिरहेको छ। नोकियाको आगामी स्मार्टफोनको रेन्डर पनि सार्वजनिक भएको छ। आगामी नोकिया एन७३ स्मार्टफोनको रियर प्यानलमा ५ ओटा क्यामरा सेन्सर र २ एलईडी फ्ल्यास दिइनेछ।

पाँच क्यामरा सेन्सर भएका स्मार्टफोन अहिलेसम्म बजारमा आएका छैनन्। यसअघि नोकियाले पेन्टा क्यामरा सेटअप भएको स्मार्टफोन सार्वजनिक गरेको थियो। नोकियाको यो स्मार्टफोनको क्यामरा मोड्युल चक्कु जस्तो देखिन्छ, जसमा पाँच ओटा क्यामरा सेन्सर दिइएको छ।

रिपोर्टमा दाबी गरिएअनुसार नोकिया एन७३ स्मार्टफोनमा २०० एमपी सेन्सर हुनेछ, जुन सामसंगको सेन्सर हो। नोकियाको फोनको यो सेन्सर सामसंग आईएसओसेल एचपी१ हो।

अर्को स्मार्टफोन कम्पनी मोटोरोलाले २०२२ को दोस्रो भागमा २०० एमपी क्यामरा भएको स्मार्टफोन लन्च गर्न सक्छ र सामसंगले पनि २०० एमपी भएको फोन २०२३ मा लन्च गर्न सक्नेछ।

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया