२०२१ मा दूरसञ्चार सेवाको व्यापार अपेक्षा गरेभन्दा उच्च: रिपोर्ट

  • Technology Khabar | २७ बैशाख २०७९, मंगलवार
२०२१ मा दूरसञ्चार सेवाको व्यापार अपेक्षा गरेभन्दा उच्च: रिपोर्ट

काठमाडौं ।

दूरसञ्चार तथा पे टीभी सेवामा गरिएको खर्च २०२१ मा १ अर्ब ५६ करोड ६० लाख डलर पुगेको छ।

यो आँकडा वार्षिक हिसाबले १.६ प्रतिशतको वृद्धि रहेको इन्टरनेशनल डाटा कर्पोरेशन आईडीसीले जनाएको छ।

आईडीसीले यो आँकडा २०२२ मा १.४ प्रतिशतले बढेर १५ खर्ब ८८ अर्ब डलर पुग्ने प्रक्षेपण गरेको छ।

२०२१ मा कोभिडका कारण घटेको बजार भर्खर उकालो लाग्दै भएकाले दूरसञ्चार क्षेत्रमा मानिसहरुको खर्च पनि बढेको थियो। यस हिसाबले विश्वकै समग्र बजार प्रक्षेपण गरिएभन्दा अझ छिटो बढेको याहू डटकमले उल्लेख गरेको छ।

यो प्रवृत्ति विश्वमै उस्तै हिसाबले देखिएको र यूरोप, मध्यपूर्व तथा अफ्रिका क्षेत्रमा २०२१ मा प्रक्षेपणभन्दा ०.२ प्रतिशतले बजार बढेको पाइएको थियो। यस्तै एसिया/प्रशान्त क्षेत्रमा ०.५ प्रतिशत र अमेरिका क्षेत्रमा १.० प्रतिशत बिन्दुले बढेको रिपोर्टले देखाएको छ।

यो अवधिमा पे टीभी बाहेक अन्य सबै प्रविधि सेगमेन्टमा अपेक्षा गरेभन्दा उच्च बिन्दुको वृद्धि देखिएको थियो।

प्रकाशित: २७ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...