मौन अवधिमा सामाजिक सञ्जालको नियमन गर्न दूरसञ्चार प्राधिकरणलाई निर्वाचन आयोगको निर्देशन

  • Technology Khabar | २६ बैशाख २०७९, सोमबार
मौन अवधिमा सामाजिक सञ्जालको नियमन गर्न दूरसञ्चार प्राधिकरणलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय चुनावको मौन अवधिमा सामाजिक संजालहरु मार्फत हुने प्रचार प्रसार रोक्नका लागि काम गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।

आयोगले मौन अवधिमा उम्मेदवार र उनीहरुका फ्यानहरुका पेजहरुमा फेसबुक, ट्विटर, टिकटकलगायत सामाजिक संजालहरुमा स्पोन्सर पोस्ट हुनसक्ने भन्दै अनुगमन गर्न नियमनकारी निकाय प्राधिकरणलाई निर्देशन दिएको हो।

आयोगकाअनुसार त्यस्ता उम्मेदवार र उनीहरुका फ्यानहरुका पेजहरुमा हुने आचारसंहिता विपरितका चित्रहरु वा पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिन र सो बारेमा आवश्यक नियमन गर्नसमेत प्राधिकरणलाई निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

त्यसैगरी मौन अवधिको समयमा विभिन्न टेलिकम सेवा प्रदायकहरुमार्फत भास सेवा प्रदायकहरुले कुनै पनि प्रचार प्रसार हुने बल्क एसएमएस सेवाको काम नगर्न भास सेवा प्रदायकहरुलाई प्राधिकरणमार्फत आवश्यक निर्देशन दिएको छ।

आयोगकाअनुसार वैशाख २७ गते मंगलबार राती १२ बजेदेखि मौन अवधि शुरु हुनेछ।

प्रकाशित: २६ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...