जुम्लाको हिमा गाउँपालिकामा पुन संचालनमा आयो दोब्बर क्षमताको टेलिफोन सेवा

  • Technology Khabar | २६ बैशाख २०७९, सोमबार
जुम्लाको हिमा गाउँपालिकामा पुन संचालनमा आयो दोब्बर क्षमताको टेलिफोन सेवा
सांकेतिक तस्विर

काठमाडौं ।

जुम्ला जिल्लाको हिमा गाउँपालिकाको टेलिफोन सेवा आईतबारदेखि पुनः सुचारु भएको छ। करिब १० दिनअघि अवरुद्ध भएको नेपाल टेलिकमको टेलिफोन सेवा थप क्षमताका साथ सुचारु भएको हो।

नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले आजदेखि दोब्बर क्षमतामा सेवा शुरु भएको जानकारी दिए।

“हिमामा रहेको टेलिफोन टावरको हर्नमा हावाहुरीले क्षति भएपछि काठमाडौंबाट सामग्री मगाई जोडिएको छ। हिमा गाउँपालिकाका बासिन्दाले आजबाट टेलिफोन सेवा पुरै शुरु भएको छ,” उनले टेक्नोलोजीखबरसँग भने।

प्रमुख श्रेष्ठका अनुसार टेलिफोन सेवाको क्षमता पनि बढाइएको छ। यसअघि ८० जनाको क्षमता रहेकोमा आज सोमबारदेखि सो क्षमता दोब्बर भएको हो।

“क्षमता दोब्बर भएसँगै अब एक पटकमा १६० जनाले कुरा गर्न सक्ने भएका छन्,” उनले भने, “तर चुनावको समय भएर धेरै समय अनावश्यक कुराकानी नगर्न अनुरोध गर्नुपर्ने भएको छ।

उनले स्थानीय चुनावको समय भएर टेलिफोन क्षमता पूर्णरुपमा उपयोग भएको जानकारी दिए।

यसअघि हिमा गाउँपालिकामा निर्वाचन गर्ने क्रममा टेलिफोन नहुँदा समस्या हुनसक्ने भन्दै निर्वचान आयोगमा समेत पत्र पठाईएको थियो। निर्वाचन कार्यालयकाअनुसार टेलिफोन सेवा सुचारु भएपछि काममा सहज भएको छ।

प्रकाशित: २६ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार