बिटक्वाइनको मूल्य नोभेम्बरयता ५० प्रतिशतले घट्यो

  • Technology Khabar | २६ बैशाख २०७९, सोमबार
बिटक्वाइनको मूल्य नोभेम्बरयता ५० प्रतिशतले घट्यो

काठमाडौं ।

बिटक्वाइनको मूल्य यो हप्ता घटेर ३४ हजार डलर भएको छ।

यो आँकडाको जानकारी क्वाइनबेस क्रिप्टोकरेन्सी एक्सचेन्जमार्फत् आएको बीबीसीले जनाएको छ।

बजार मूल्यका हिसाबले विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको मूल्यमा गत नोभेम्बरमा पुगेको सबैभन्दा उच्च बिन्दुको ५० प्रतिशतले गिरावट आएको बुझिएको छ।

उक्त डिजिटल मुद्राको मूल्य यसरी खस्किनुमा विश्वकै स्टक मार्केटमा आएको गिरावट रहेको आकलन गरिएको छ।

बिटक्वाइनले क्रिप्टोकरेन्सी बजारको लगभग एक तिहाई भाग ओगटेको र यसको समग्र मूल्य ६४० अर्ब डलर रहेको बीबीसीले उल्लेख गरेको छ।

प्रकाशित: २६ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार