वेब ३ डेभलपरका लागि सेवाहरु निर्माण गर्दै नयाँ गुगल क्लाउड टिम

  • Technology Khabar | २६ बैशाख २०७९, सोमबार
वेब ३ डेभलपरका लागि सेवाहरु निर्माण गर्दै नयाँ गुगल क्लाउड टिम

काठमाडौं ।

गुगलको नयाँ क्लाउड टिमले वेब ३ डेभलपरहरुका लागि नयाँ सेवाहरु निर्माण गरिरहेका छन्।

सामान्य हिसाबले बुझ्दा यो टोलीले ब्लकचेन डेभलपरहरुलाई लक्षित गरेर विविध सेवाहरुको तयारी गरिरहेको इन्ग्याजेटले उल्लेख गरेको छ।

‘हामी प्रस्ट रुपमा क्रिप्टोकरेन्सी वेभको हिस्सा बन्ने प्रयास गरिरहेका छैनौं’, गुगल क्लाउडका उपाध्यक्ष अमित जावेरीले सीएनबीसीलाई भने, ‘हामी कम्पनीहरुलाई आफ्ना व्यवसायमा वेब ३ को वितरित प्रकृतिको फाइदा उठाउनका लागि प्रविधि उपलब्ध गराउँछौं।’

उनले थुप्रै उपभोक्ताले हामीलाई वेब३ तथा क्रिप्टोकरेन्सीसम्बद्ध प्रविधिका लागि आग्रह गर्दै यसअघि नै वेब३ को बजारको सम्भाव्यता उजागर गरिसकेका जानकारी दिए।

गुगलले यसअघि पनि जनवरीमा डिजिटल एसेट टिम घोषणा गरेको थियो भने गुगल क्लाउडका उपभोक्तालाई क्रिप्टोमा रकम भुक्तानी तथा प्राप्त गर्न सकिने तरिकाहरु खोजिरहेको बुझिएको छ।

अघिल्लो महिना आम्दानी विवरण सार्वजनिक गर्दै अल्फाबेट इंकका सीईओ सुन्दर पिचाईले क्लाउड यूनिटले ब्लकचेनलाई सपोर्ट गर्ने तरिकाको खोजी गरिरहेको बताएका थिए।

प्रकाशित: २६ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार