
काठमाडौं ।
टेस्लाका सीईओ इलन मस्कले २०२८ सम्ममा ट्विटरको आम्दानी पाँच गुणा बढाउने प्रक्षेपण गरेका छन्।
मस्कले हालै सन् २०२८ सम्ममा ट्विटरको बर्सेनि आम्दानी हालको भन्दा पाँच गुणा बढाएर २६.४ अर्ब डलर पुर्याउने बताएका हुन्।
यो जानकारी शुक्रबार मस्कले प्रस्तुत गरेको आफ्ना योजनाका आधारमा न्यूयोर्क टाइम्सले दिएको हो।
उक्त रिपोर्ट अनुसार मस्क अन्तर्गत आएपछि सन् २०२० को ९० प्रतिशतको तुलनामा घटेर ४५ प्रतिशतमा ल्याइनेछ।
यसबाट २०२८ मा १२ अर्ब डलर आम्दानी हुने र यसको सब्स्क्रिप्शनमार्फत् थप १० अर्ब डलर संकलन हुने रोयटर्सले उल्लेख गरेको छ।
मस्कले ट्विटरको आम्दानी २०२५ मा ३.२ अर्ब डलर तथा २०२८ मा ९.४ अर्ब डलर पुग्ने बताएको पनि प्रस्तुतिका आधारमा न्यूयोर्क टाइम्सले जनाएको छ।
मस्कले केही हप्ता अघि मात्रै ४४ अर्ब डलरमा ट्विटरको स्वामित्व लिएका थिए।
प्रकाशित: २६ बैशाख २०७९, सोमबार