सिमरा विमानस्थलको उडान र अवतरणको अपडेट वेबसाइटबाटै लिन सकिने

  • Technology Khabar | २६ बैशाख २०७९, सोमबार
सिमरा विमानस्थलको उडान र अवतरणको अपडेट वेबसाइटबाटै लिन सकिने

काठमाडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिमरा विमानस्थलको उडान र अवतरणको बारेमा वेबसाइटमार्फत जानकारी दिने भएको छ। यसको लागि कार्यालयले छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ।

प्राधिकरणले यसअघि पोखरा नेपालगन्ज भैरहवा लगायतका विमानस्थलको छुट्टै वेबसाइट सञ्चालन गरी उडानसँग सम्बन्धित अपडेटहरु राख्ने गरेको छ।

सिमराको एयरर्पोट वेबसाइट र उडान सूचना डिस्प्ले प्रणाली अर्थात फ्लाइट इन्फर्मेसन डिस्प्ले सिस्टम आइतबारदेखि सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। अब स्थानीय उडान र अवतरणका जानकारीहरु सोही वेबसाइटबाट हेर्न सकिने बनाईएको छ।

यसले स्थानीय यात्रुहरुलाई उडान तथा अवतरणको विस्तृत जानकारी लिन सहज हुने प्राधिकरणको भनाइ छ।

यसको लागि यात्रुहरुले ‘सिमरा डट सीएएनेपाल डट जीओभी डट एनपी’ खोलेर विमानस्थलबाट हुने उडान र अवतरणबारे जानकारी लिन सक्ने प्राधिकरणले जनाएको छ।

प्रकाशित: २६ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...