भारतमा विद्युतीय स्कुटरमा हुने आगलागीको कारण खुल्यो ! छानबिन समितिको प्रतिवेदन पेस

  • Technology Khabar | २६ बैशाख २०७९, सोमबार
भारतमा विद्युतीय स्कुटरमा हुने आगलागीको कारण खुल्यो ! छानबिन समितिको प्रतिवेदन पेस

काठमाडौं ।

भारतमा विद्युतीय स्कुटर केही समयदेखि चर्चाको विषय बनेको छ। गर्मी मौसम सुरु भएसँगै ई–स्कुटरमा आगलागीका घटना पनि बाहिर आउन थालेका छन्। धेरै चर्चित कम्पनीका विद्युतीय स्कुटरमा आगलागी भएको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ।

विद्युतीय सवारीसाधन (इभि)प्रति आमजनतामा नकारात्मक भावना नहोस भनेर भारतीय सरकारले विद्युतीय स्कुटरमा आगलागी हुनुको कारणबारे छानबिन गर्न छुट्टै समिति गठन गरेको छ। अब समितिको प्रतिवेदनमा विद्युतीय स्कुटरमा आगलागीको कारण सार्वजनिक भएको छ।

पछिल्ला केही हप्तामा ओला, ओकिनावा, बुम मोटर, प्योर ईभी आदिमा आगलागीका घटना भएका छन्। त्यसपछि विद्युतीय सवारीको सुरक्षा जनतामा चर्चाको विषय बनेको थियो। जीबिजनेसको एक रिपोर्टअनुसार सरकारद्वारा गठित छानबिन समितिले प्रारम्भिक प्रतिवेदन पेस गरेको छ। समितिले दिएको कारणमा ब्याट्रीको सेल, डिजाइनमा कमी रहेको प्रतिवेदनमा उल्लेख छ।

भारतमा विद्युतीय सवारी साधन निर्माता ओला इलेक्ट्रिकले १,४४१ इलेक्ट्रिक स्कुटर फिर्ता बोलाएको छ। स्पष्ट रूपमा, कम्पनीले स्कुटरहरूको परीक्षण गर्ने निर्णय गरेको छ। ओला इलेक्ट्रिकले फिर्ता बोलाइएका स्कुटरबारे अनुसन्धान गरिने जनाएको छ। यस अनुसन्धानमा ब्याट्री सिस्टम, थर्मल सिस्टम र सेफ्टी सिस्टम जस्ता बिभिन्न पक्षहरुको अध्ययन गरिनेछ।

भारतीय स्टार्ट-अप ओकिनावा र प्योरईभीको स्कुटरमा पनि आगलागीका घटनाहरू पनि पछिल्ला केही दिनमा सार्वजनिक भएका छन्। ओकिनावा र प्योरईभीले पनि आफ्नो स्कुटर रिकल गरेका छन्। प्योर ईभीले आगलागीको कारण पत्ता लगाउन २ हजार स्कुटर फिर्ता बोलाएको छ।

गत महिना भारतका केन्द्रीय मन्त्री नितिन गडकरीले यस सम्बन्धमा कम्पनीहरूद्धारा एक्सल लिईने कुरा गरेका थिए। त्यसैगरी, विद्युतीय सवारी कम्पनीले भर्खरै उत्पादन सुरु गरेको र सरकारले उनीहरुको उत्पादनमा कुनै बाधा पुर्याउन नचाहेको तर ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै सवारी साधनमा आगलागी हुनुको कारणबारे पनि सरकारबाट स्पष्ट पारिएको छ।

उनले विद्युतीय सवारीसाधनको चर्चाका साथमा सर्वसाधारणको जीवनसँग कुनै सम्झौता गर्न नसकिने बताएका थिए।

प्रकाशित: २६ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार