
काठमाडौं ।
ह्वाट्सएपले आफ्नो प्रतिक्रिया फिचर रोल आउट गरेको छ। ह्वाट्सएपको पेरेन्ट कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजबाट यो जानकारी दिएका हुन्।
जुकरबर्गले मे ५, २०२२ देखि व्हाट्सएपले रियाक्सन फिचर रोल आउट गर्न थालेको जानकारी गराएका छन्। सुरुमा ह्वाट्सएपले ६ ओटा इमोजी रोल आउट गरेको छ । यसमा थम्ब्स-अप, हार्ट, स्माइल, सरप्राइज, स्याड र थ्याङ्क्स जस्ता इमोजीहरू समावेश छन्।
तपाईं इमोजीको मद्दतले आफ्नो भावना साझा गर्न सक्षम हुनुहुनेछ
ह्वाट्सएपको रियाक्सन फिचरको मद्दतले, तपाईले टेक्स्ट सन्देश बिना कुनै पनि च्याटमा इमोजीको मद्दतले आफ्नो अभिव्यक्ति साझा गर्न सक्नुहुन्छ। फेसबुकमा यस्तो सुविधा पहिले देखि नै छ।
हाल, ह्वाट्सएपमा इमोजीको साथ जवाफ दिने सुविधा उपलब्ध छ। तर अब इमोजी मार्फत प्रतिक्रिया दिने फिचर लन्च गरिएको हो। जसको लागि तपाईले च्याट बक्समा गएर इमोजी चयन गर्नुपर्दैन। प्रयोगकर्ताहरूले सन्देशमा लामो समयसम्म थिचेर इमोजीका साथमा आफ्नो प्रतिक्रिया दिन सक्षम हुनेछन्।
प्रयोगको प्रक्रिया
प्रकाशित: २६ बैशाख २०७९, सोमबार