
काठमाडौं ।
स्मार्टफोन निर्माता कम्पनी शाओमीले चाँडै नै आफ्नो रेडमी ब्राण्ड ११टी सिरिजको नयाँ फोन लन्च गर्ने भएको छ। कम्पनीले यस शृङ्खलामा रेडमी नोट ११ टी र रेडमी नोट ११ टी प्रो ल्याउन लागेको छ। यद्यपि मितिको बारेमा कुनै आधिकारिक घोषणा गरिएको छैन।
टेक विज्ञहरूले यो फोन मे १२ मा लन्च गर्न सक्ने बताएका छन्। टिपस्टर मुकुल शर्माले आफ्नो सोसल मिडिया प्लेटफर्ममा यो फोन लन्चसँग सम्बन्धित पोस्ट सेयर गरेका छन् । कम्पनीले फोनबारे कुनै जानकारी दिएको छैन । यद्यपि, यी फोनहरू टेनाको सूचीमा मोडेल नम्बरहरू 22041216C र 22041216UC सँग भेटिएका छन्।
रेडमी नोट ११ टी स्मार्टफोनमा ६.६ इन्चको फुल एचडी प्लस डिस्प्ले हुने सम्भावना छ। यस स्मार्टफोनमा ४३०० एमएएच ब्याट्री दिइएको छ र यो स्मार्टफोनले ६७ वाट फास्ट चार्जिङ सपोर्ट गर्न सक्छ। फोनमा डाइमेन्सिटी १३०० चिपसेट हुने बताईएको छ।
एडभान्स सुविधाहरूका साथ सुसज्जित
रेडमी नोट ११ टी प्रो स्मार्टफोनमा ६.६ इन्चको स्क्रिन पाउन सकिन्छ, जसले १४४ हर्जको रिफ्रेस रेटलाई समर्थन गर्न सक्छ। यसमा डाइमेन्सन ८००० चिपसेट हुनेछ भने फोनमा ४,९८० एमएएच ब्याट्री हुन सक्नेछ। यो १२० वाट फास्ट चार्जिंगको लागि सपोर्टकासाथ आउन सक्छ। यो स्मार्टफोनले एन्ड्रोइड १२ ओएसमा आधारित एमआईयूआई १३ मा काम गर्न सक्छ।
नयाँ स्मार्टफोनमा परफर्मेन्स एक्सेलेरेशन टेक्नोलोजी दिइने टेक एक्सपर्टहरूको भनाई छ। यो प्रविधिले फोनलाई टर्बो लेभल परफर्मेन्स, ट्युनिङ, फ्ल्यागशिप क्वालिटी दिनेछ।
प्रकाशित: २६ बैशाख २०७९, सोमबार