ह्वावेको स्मार्टफोन उत्पादन पुरानै लयमा फर्कियो

  • Technology Khabar | २६ बैशाख २०७९, सोमबार
ह्वावेको स्मार्टफोन उत्पादन पुरानै लयमा फर्कियो

काठमाडौं ।

ह्वावेको स्मार्टफोन उत्पादन फेरि पुरानै लयमा फर्किएको छ।

अमेरिकाले ह्वावेमाथि प्रतिबन्ध लगाएपछि २ वर्षयता कम्पनीको व्यावसायमा नराम्ररी गिरावट आएको थियो।

सो अवधिमा कम्पनीले माग अनुसारकोफ उत्पादन गर्न सकेको थिएन। तर अब उक्त स्थितिमा सुधार आएको गिज्मोचाइनाले जनाएको छ।

हालै यू छेङदोङले ह्वावेको उत्पादन सामान्य अवस्थामा फर्किएको बताएका छन्। रिपोर्टहरुका अनुसार ह्वावेको आपूर्ति श्रृङ्खला साझेदार ग्वाङहोङ टेक्नोलोजीले लगानीकर्ता अन्तरक्रिया प्लेटफर्ममा ह्वावेको स्मार्टफोन उत्पादन क्षमता पुना लयमा आएको बताएका हुन्।

उक्त कम्पनीले थुप्रै कुरामा ह्वावेलाई साथ दिँदै आएको बुझिएको छ। ग्वाङहोङ टेक्नोलोजीले ह्वावेलाई मोबाइल फोन, ट्याब्लेट, स्मार्ट वेयरेबल, नेटवर्क टर्मिनल, सेक्युरिटी तथा पर्सनल कम्प्युटरजस्ता बहुआयामिक उत्पादनको निर्माण सेवा उपलब्ध गराउँदै आएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: २६ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार