ताइवानी लगानी आकर्षण गर्न बेल्जियमद्वारा सेमिकन्डक्टर इकोसिस्टम प्रदर्शन

  • Technology Khabar | २६ बैशाख २०७९, सोमबार
ताइवानी लगानी आकर्षण गर्न बेल्जियमद्वारा सेमिकन्डक्टर इकोसिस्टम प्रदर्शन

काठमाडौं ।

बेल्जियमले ताइवानी लगानी आकर्षण गर्ने उद्देश्यले सेमिकन्डक्टर इकोसिस्टम प्रदर्शन गरेको छ।

हालै बसेको ताइवान-बेल्जियम संयुक्त व्यापार परिषदको भर्चुअल बैठकमा बेल्जियमका अनुसन्धान संस्थाका प्रमुखहरुले ताइवानसँग सेमिकन्डक्टर प्रविधि विकासका लागि सहकार्य गर्ने चासो व्यक्त गरेका हुन्।

उक्त बैठकमा अधिकारीहरुले स्थानीय चिप कम्पनीहरुलाई आफ्नै माइक्रोइलेक्ट्रोनिक क्लस्टर बनाउन र लगानी गर्न आग्रह गरेका थिए।

उक्त कन्फ्रेन्सको मुख्य उद्देश्य सेमिकन्डक्टर उद्योगका लागि द्विपक्षीय साझेदारी खोज्नु रहेको डिजिटाइम्सले उल्लेख गरेको छ।

यूरोपियन यूनियनले गत फेब्रुअरीमा सन् २०३० सम्ममा अत्याधुनिक तथा दिगो सेमिकन्डक्टरको गार्हस्थ उत्पादन वैश्विक उत्पादनको २० प्रतिशत पुर्याउन ४३ अर्ब यूरो लगानी गर्ने प्रतिबद्धता जनाएको थियो।

बेल्जियमका अधिकारीहरुले वालोनिया तथा फ्लाण्डर क्षेत्रमा माइक्रोइलेक्ट्रोनिक प्रविधि इकोसिस्टम स्थापना गरेर सेमिकन्डक्टरमा लगानीका लागि विविध कर तथा ऋण नीति ल्याएका छन्।

उनीहरुले यूरोपेली सेमिकन्डक्टर क्षेत्रमा ताइवानको सहभागिता हुनुपर्ने विचार व्यक्त गरेका छन्।

प्रकाशित: २६ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार