चुनावको मतगणना स्थलमा सिसिटिभी अनिवार्य, अहिलेसम्म २०० स्थानमा जोडियो

  • Technology Khabar | २५ बैशाख २०७९, आईतवार
चुनावको मतगणना स्थलमा सिसिटिभी अनिवार्य, अहिलेसम्म २०० स्थानमा जोडियो

काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय चुनावका लागि मतगणना स्थलमा सिसिटिभी अनिवार्य गर्ने भएको छ।

स्थानीय तह निर्वाचनको वैशाख ३० गते हुने मतदान लगत्तै हुने मतगणनामा आयोगले सिसिटिभीको व्यवस्था गर्ने भएको हो। आयोगकाअनुसार निर्वाचन अधिकृतहरुलाई दिइएको निर्देशनअनुसार अधिकांश मतगणना स्थलमा सिसिटिभी जडान भइरहेको छ।

हालसम्म करिब दुई सय स्थानमा आयोगको निर्देशनअनुसार क्यामरा जडान भइसकेको र अरु स्थानमा जडान गर्ने प्रक्रियामा रहेको आयोगले जानकारी दिएको छ।

कतिपय स्थानमा आयोगले भनेअनुरुपका क्यामरा जडान नभएको या अरु कुनै प्रकारका क्यामरा जडान भएको भन्ने जानकारी प्राप्त भएकोमा उक्त स्थानहरुको गणना दृश्य केन्द्रमा हेर्न नमिल्ने भएकाले आयोगले भने बमोजिम अनुसारकै क्यामरा जडान गर्न निर्देशन दिईएको छ।

प्रकाशित: २५ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • २५ बैशाख २०७९, आईतवार