बैंक अफ काठमाण्डूका मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई विभिन्न स्थानमा ४५ प्रतिशतसम्म छुट

  • Technology Khabar | २५ बैशाख २०७९, आईतवार
बैंक अफ काठमाण्डूका मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई विभिन्न स्थानमा ४५ प्रतिशतसम्म छुट

काठमाडौं ।

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम र फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसँग सम्झौता गरेको छ। सम्झौताअनुसार ग्राहकले ४५ प्रतिशत सम्म छुट पाउन सक्ने बैंकले जनाएको छ।

सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले होटल तथा रेस्टुरेन्ट अन्र्तगत पर्पल हेज रेस्ट्रो एण्ड गार्डेन एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत, मिठो रेस्टुरेन्ट वित्र्तामोडमा १० प्रतिशत, नोबेल होटल एण्ड स्वीमिङ कम्प्लेक्स इमाडोलमा १० प्रतिशत, मिटिङ पोरेस्टुरेन्ट बिर्तामोडमा ५ प्रतिशत, होटल अर्थ लाइट सौराहामा २० प्रतिशत, किचेन सोलुसन इमाडोलमा १० प्रतिशत तथा सोल्मारी रेस्ट्र एण्ड मिटिङ इमाडोलमा १५ प्रतिशत को छुट पाउन सक्ने बैंकले जनाएको छ ।

यस्तै अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत मेडिसिटी फार्मेसी बिर्तामोडमा १० प्रतिशत, रामजानकी हस्पिटल जनपुरमा १५ प्रतिशत तथा नमो मनकामना डेन्टल इमाडोलमा २५ प्रतिशतको छुटको ब्यवस्था गरिएको छ ।

साथै, बुटिक अन्र्तगत विराटनगरको पिपलचोकमा रहेको फेसन स्टुडियोमा १५ प्रतिशत छुट पाइनेछ भने जिमरफिटनेस सेन्टर अन्र्तगत सेप्स फिटनेश ढल्कोमा विभिन्न योजनाहरुमा ४५ प्रतिशत सम्मको छुट पाइने बैंकले जनाएको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

प्रकाशित: २५ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार