महेन्द्रनगरमा डिशहोम फाईबरनेटको सोरुम

  • Technology Khabar | २५ बैशाख २०७९, आईतवार
महेन्द्रनगरमा डिशहोम फाईबरनेटको सोरुम

काठमाडौं ।

डिशहोम फाईवरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिशहोम फाईवरनेट सोरुमको उद्घ्घाटन गरिएको छ। सो सोरुमको सञ्चालन दिपक ट्रेडर्स गर्नेछ।

सोरुम उद्घ्घाटन डिशहोमका तर्फवाट एरिया म्यानेजर निर्मल आचार्य सेल्स अफिसर कमल रिमाल सर्बिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको दिपक ट्रेडर्सले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ।

२०० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको दिपक ट्रेडर्सले अव अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने सञ्चालक दिपक प्रसाद भट्टले जानकारी दिए।

प्रकाशित: २५ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...