सेमिकन्डक्टर निर्माणका लागि ५२ अर्ब छुट दिने सम्बन्धमा अमेरिकी कंग्रेसको बैठक बस्दै

  • Technology Khabar | २५ बैशाख २०७९, आईतवार
सेमिकन्डक्टर निर्माणका लागि ५२ अर्ब छुट दिने सम्बन्धमा अमेरिकी कंग्रेसको बैठक बस्दै
सांकेतिक तस्बिर

काठमाडौं ।

अमेरिकी कंग्रेसका सदस्यहरु सेमिकन्डक्टर निर्माणका लागि छुट दिन बिहीबार बैठक बस्ने भएका छन्।

बैठकमा चिप निर्माणलाई मजबुत बनाएर चिनियाँ प्रविधिसँग प्रतिस्पर्धा गर्ने विषयलाई मुख्य प्राथमिकता दिइने स्रोतलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ।

सिनेटले यो विधेयक सन् २०२१ मै पारित गरेको थियो भने संसदले फेब्रुअरीमा पारित गरेको थियो।

हाल सिनेट र संसदका मिलाएर १ सयभन्दा बढी विधायकहरु मिलाएर कन्फ्रेन्स कमिटी बनाइएको र बिहीबार त्यही कमिटीको बैठक बस्ने बुझिएको छ।

तर कंग्रेसका अनुसार यो विधेयकको अन्तिम टुंगो लाग्न अझै महिनौं लाग्न सक्नेछ।

चिपको लगातार अभावले अटोमोटिभ तथा इलेक्ट्रोनिक्स उद्योगलाई प्रभाव पारिरहेको र कतिपय संस्थाले ता उत्पादन नै रद्द गर्नुपरेको अवस्था रहेको छ।

‘यसका लागि यति समय लाग्नु ठिक कुरा होइन’, सिनेटर मार्क वार्नरले रोयटर्सलाई बताए।

प्रकाशित: २५ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार