स्पोटीफाईले रेडियो जस्तै सुन्ने एप स्टेशन मे १६ देखि बन्द गर्ने

  • Technology Khabar | २५ बैशाख २०७९, आईतवार
स्पोटीफाईले रेडियो जस्तै सुन्ने एप स्टेशन मे १६ देखि बन्द गर्ने

काठमाडौं ।

स्पोटीफाईले रेडियोजस्तै सुन्ने एप स्टेशन आगामी मे १६ बाट बन्द गर्ने भएको छ।

कम्पनीले सन् २०१८ देखि निशुल्क तथा सशुल्क दुवै सब्स्क्राइबरका लागि हल्का एप उपलब्ध गराउँदै आएको थियो।

एन्ड्रोइड भर्सनमा विदेशमा सेवा शुरु गरेपछि स्पोटीफाईले सन् २०१९ मा अमेरिकाका यूजरका लागि आईओएसमा पनि सेवा शुरु गरेको थियो। यो परीक्षणकै रुपमा रहेको थियो।

कम्पनीले यूजरहरुलाई मे १६ देखि उक्त सेवा बन्द हुने नोटिफिकेशन दिँदै आएको ९टू५गुगललाई उद्धृत गर्दै द भर्जले जनाएको छ।

‘स्टेशन प्रयोग गर्नेले अब स्पोटीफाईको मुख्य एप प्रयोग गर्न सक्ने र त्यसमा निम्न लिखित सुविधा हुने नोटिफिकेशनमा उल्लेख छ: स्टेशन मे १६ मा बन्द हुँदैछ। तपाईँहरुले सिर्जना गर्नुभएको स्टेशन बन्द हुनेछ तर स्टेशन एकाउन्टबाटै लग इन गरेर स्पोटीफाईको आनन्द भने लिन सकिनेछ।’

प्रकाशित: २५ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...