फेसबुकको पोडकास्ट जून महिनादेखि बन्द हुने, अडियो टूल्सलाई सरल बनाउने तयारी

  • Technology Khabar | २४ बैशाख २०७९, शनिबार
फेसबुकको पोडकास्ट जून महिनादेखि बन्द हुने, अडियो टूल्सलाई सरल बनाउने तयारी

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकको पोडकास्ट अर्को महिनादेखि बन्द हुँदैछ। फेसबुकको यो सेवा सुरु भएको एक वर्ष पनि भएको छैन्।

टेक्नोलोजीको द्रुत रूपमा परिवर्तन भएको संसारमा कम्पनीले आफ्ना अडियो प्रस्तावहरूको ‘पुन: मूल्याङ्कन’ गरिरहेको हुनाले यो बन्द गर्न लागिएको बताईएको छ।

द भर्जको एक रिपोर्टअनुसार, जुन ३ देखि, पोडकास्ट बाहेक, फेसबुकले ‘साउन्डबाइट्स’ र ‘अडियो हब’ नामक सर्टफर्म अनुभवहरू पनि बन्द गर्दैछ। रिपोर्टले कम्पनीका प्रवक्तालाई उद्धृत गर्दै फेसबुकले अडियो टूलहरूको सुइटलाई सरल बनाउने निर्णय गरेको उल्लेख गरेको छ।

सुविधाहरूको मूल्याङ्कन गरिँदै

“हामीले उपभोक्ताहरूलाई प्रदान गर्ने सुविधाहरूको निरन्तर मूल्याङ्कन गर्दैछौं जसले गर्दा हामी सबैभन्दा अर्थपूर्ण अनुभवहरूमा ध्यान केन्द्रित गर्न सकौं,” प्रवक्ताले भने।

फेसबुकले आफ्ना पोडकास्ट साझेदारहरूसँगको सहकार्यमा अन्य पहलहरूलाई प्राथमिकता दिन खोजिरहेको छ। रिपोर्टकाअनुसार, फेसबुकले अब पोडकास्ट साझेदारहरूसँग अन्य अवसरहरू खोजिरहेको छ, जस्तै मेटाभर्स र ई-कमर्समा कार्यक्रमहरू।

मेटाले छोटो भिडियो प्रोजेक्टलाई प्राथमिकता दिएको बताइएको छ। यो सम्भवतः लोकप्रिय भिडियो एप टिकटकको बढ्दो प्रतिस्पर्धाको कारण हो।

प्रकाशित: २४ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...