
काठमाडौं ।
इटालियन लक्जरी ब्राण्ड गुच्चीले अमेरिकामा रहेका आफ्ना केही स्टोरमा क्रिप्टोकरेन्सीमा भुक्तानी स्वीकार गर्ने भएको छ।
उपभोक्ताहरुले बिटक्वाइन, इथेरियम तथा लाइटक्वाइनजस्ता विभिन्न प्रकारका क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी गर्न सक्ने बीबीसीले उल्लेख गरेको छ।
यो सेवा लस एन्जल्सको रोडियो तथा न्यूयोर्कको वूस्टर स्ट्रीटलगायत गुच्चीका फ्ल्यागशिप आउटलेट यसै महिनाको अन्त्यदेखि लागू जनाइएको छ।
गुच्चीको फ्रान्समा रहेको केरिङ कम्पनीले पनि अन्य कम्पनीहरुले झैं भर्चुअल मुद्रा स्वीकार गर्न थालेको समाचारमा उल्लेख छ।
कम्पनीले शिबु इनु तथा डजिक्वाइन क्रिप्टोकरेन्सीमार्फत् पनि भुक्तानी लिने जानकारी दिएको छ।
क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी गर्ने उपभोक्तालाई डिजिटल एसेट वालेटमा प्रयोग गर्न मिल्ने क्यूआर कोड इमेल गरिने बीबीसीले उल्लेख गरेको छ।
प्रकाशित: २४ बैशाख २०७९, शनिबार