क्वालकमले स्न्यापड्रागन ८ जेन १ प्लस यो वर्षको उत्तरार्द्धमा मात्र सार्वजनिक गर्ने

  • Technology Khabar | २४ बैशाख २०७९, शनिबार
क्वालकमले स्न्यापड्रागन ८ जेन १ प्लस यो वर्षको उत्तरार्द्धमा मात्र सार्वजनिक गर्ने

काठमाडौं ।

क्वालकमले स्न्यापड्रागन ८ जेन १ प्लस चिपसेट यो वर्षको उत्तरार्द्धमा मात्र सार्वजनिक गर्ने भएको छ।

हालै चर्चित वेबो टिपस्टर डिजिटल च्याट स्टेशनले स्न्यापड्रागन ८ जेन १ को उत्तराधिकारीका रुपमा आउन लागेको प्लस भर्सन तत्काल सार्वजनिक नहुने र त्यसका लागि अझै केही महिना कुर्नुपर्ने भएको जानकारी बाहिर ल्याएका हुन्।

यसअघि यो चिपसेट केही अगाडि नै सार्वजनिक गर्ने तय गरिएको थियो। तर चीनमा कोरोनाका कारण लक डाउन भएकाले यसको मिति केही पर सारिएको आकलन गरिएको छ।

हालै चीनमा भएको लकडाउनका कारण कतिपय चिप तथा इलेक्ट्रोनिक्स सामान निर्माण हुने शहरहरुमा निर्माण कार्इ रोकिएको थियो। यसबाहेक अझै पनि लकडाउन अन्त्य हुन समय लाग्ने देखिएकाले प्रभाव अझ बढी समय देखिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

हालसम्म क्वालकमले मोटोरोला एज ३० अल्ट्रामा ८ जेन १ को प्लस भेरियन्ट राखेर ल्याउने चर्चा छ।

प्रकाशित: २४ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...