क्वालकमद्वारा एक्सेस प्वाइन्ट तथा घरायशी राउटरका लागि वाइफाइ-७ सार्वजनिक

  • Technology Khabar | २३ बैशाख २०७९, शुक्रबार
क्वालकमद्वारा एक्सेस प्वाइन्ट तथा घरायशी राउटरका लागि वाइफाइ-७ सार्वजनिक

काठमाडौं ।

क्वालकमले एक्सेस प्वाइन्ट तथा घरायशी राउटरका लागि वाइफाइ ७ सार्वजनिक गरेको छ।

कम्पनीले हालै वाइफाइ ७ नेटवर्किङ प्रो सिरिज नामक इन्टरप्राइज एक्सेस प्वाइन्ट, प्रिमियम घरायशी राउटर तथा अत्याधुनिक मेश सिस्टमका लागि वाइफाइ चिप्स उपलब्ध गराएको जीएसएमएरिनाले जनाएको छ।

यी सिरिजका डिभाइसले १६ स्ट्रिममा ३३ जीबीपीएस सम्मको क्वाड ब्याण्ड कनेक्टिभिटी दिने र यसमा कनेक्टिभिटीकी स्थिरता बढी र अवरोध कम हुने पनि जनाइएको छ।

यो सिरिजका ४ ओट प्लेटफर्मले २.४, ५ तथा ६ गिगाहर्ज स्पेक्ट्रमका ३२० मेगाहर्ज सम्मको वाइड च्यानल सपोर्ट गर्ने कम्पनीको दावी छ।

प्रकाशित: २३ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार