कृषि विकास बैकको युएसडी प्रिपेड डलर कार्ड सेवा, विदेशमा अनलाइन सपिङ्ग तथा बिल पेमेन्ट गर्न सक्ने

  • Technology Khabar | २२ बैशाख २०७९, बिहीबार
कृषि विकास बैकको युएसडी प्रिपेड डलर कार्ड सेवा, विदेशमा अनलाइन सपिङ्ग तथा बिल पेमेन्ट गर्न सक्ने

काठमाडौं ।

कृषि विकास बैकले आफ्ना ग्राहकको लागि युएसडी प्रिपेड डलर कार्ड सेवाको सुरुवात गरेको छ।

बिहीबार एक कार्यक्रम गर्दै बैंकले उक्त सेवाको सुरुवात गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्ययले बैंकको पहिलो युएसडी प्रिपेड डलर काड अनिता पौडेललाई हस्तानतरण गरेका थिए।

यस डलर कार्डमार्फत कृषि विकास बैक ग्राहकले विदेशी मुद्रामा आम्दानीको श्रोत नभए पनि नेपालभित्रै बसेर इकर्मशको माध्यमबाट अनलाइन सपिङ्ग तथा बिल पेमेन्ट गर्न सक्नेछन् ।

ग्राहकले नेपाल राष्ट्र बैकले उपलब्ध गराएको सिमा भित्र रहि कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

प्रकाशित: २२ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार