
काठमाडौं ।
सामाजिक सञ्जालमा आएका भ्रामक र मिथ्या सूचनाहरूको बारेमा जानकारी दिन निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ।
यहि वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन नजिकिँदैजाँदा आयोगले सामाजिक सञ्जालहरूमा आउने भ्रामक, मिथ्या, दुस्प्रचार, द्वेषपूर्ण अभिव्यक्तिको सूचनाहरूको बारेमा अनलाइनमार्फत गुनासो गर्न आग्रह गरेको हो।
पछिल्लो समय सामाजिक संजालहरुमा चुनाव लक्षित र उम्मेदवार लक्षित विभिन्न भ्रामक भ्रामक, मिथ्या, दुस्प्रचार, द्वेषपूर्ण समाचार तथा सूचनाहरू आउन थालेसँगै आयोगले यसलाई कडा रुपमा अनुगमन गर्न थालेको हो। सोहीअनुसार आयोगले अनलाइनमार्फत गुनासो गर्न सकिने व्यवस्था गरेको हो।
“सामाजिक संजालमा भ्रामक समाचारहरु तथा सम्प्रेषण भएका मिथ्या सुचना, दुस्प्रचार, द्वेषपूर्ण अभिव्यक्तिको गुनासो गर्न [email protected] मा लिंक सहित इमेल गर्नुहोस,” आयोगले भनेको छ।
सामाजिक संजाल मा भ्रामक समाचारहरु तथा सम्प्रेषण भएका मिथ्या सुचना, दुस्प्रचार , द्वेषपूर्ण अभिव्यक्तिको गुनासो गर्न [email protected] मा लिंक सहित इमेल गर्नुहोस।
स्थानीय तह सदस्य निर्वाचन, २०७९ #LocalLevelElection2079 pic.twitter.com/duvf0EMFE7— Election Commission Nepal (@ECNOfficial) May 4, 2022
प्रकाशित: २१ बैशाख २०७९, बुधबार