रेडियो अल्टिमिटर रेट्रोफिट वा परिवर्तन गर्न अमेरिकी एयरलाइन्सहरुलाई एफएएको आग्रह

  • Technology Khabar | २१ बैशाख २०७९, बुधबार
रेडियो अल्टिमिटर रेट्रोफिट वा परिवर्तन गर्न अमेरिकी एयरलाइन्सहरुलाई एफएएको आग्रह

काठमाडौं ।

अमेरिकाको संघीय उड्डयन प्रशासन एफएएले देशका एयरलाइन्सलाई रेडियो अल्टिमिटर रेट्रोफिट गर्न नयाँ लगाउन आग्रह गर्ने भएको छ।

एफएएले आज दूरसञ्चार तथा एयरलाइन्स उद्योगसँग छलफल गरी देशमा उपलब्ध सी-ब्याण्डको फाइभजी वायरलेस सेवाका कारण हुन सक्ने अवरोध कम गर्न ती उपाय अवलम्बन गर्न आग्रह गर्ने भएको रोयटर्सले उल्लेख गरेको छ।

अल्टिमिटरले विमान जमिनबाट कति उचाइमा छ भन्ने डाटा देखाउने भएकाले यिनीहरु खराब मौसमका बेला अवतरण गर्नका लागि निकै महत्वपूर्ण हुन्छन्।

तर हालै शुरु भएको फाइभजी सेवाले केही विमानस्थलहरुमा अल्टिमिटरमा समस्या वा अवरोध खडा गर्न सक्ने बताएको छ।

‘एफएएले यो बैठकमा अमेरिकी उडानहरुमा राडार अल्टिमिटर प्रतिस्थापन वा रेट्रोफिट गर्न सकिने समयावधि तोक्नेछ’,एफएएका वरिष्ठ उड्डयन सुरक्षा अधिकारी क्रिस रोचेलुको पत्रमा उल्लेख गरिएको छ।

उक्त पत्रमा उड्डयन संस्थाका प्रतिनिधिहरुलाई यी उद्देश्य पूरा गर्नका लागि आवश्यक कदम चाल्न विकल्प उपलब्ध गराइने पनि उल्लेख गरिएको छ।

मुख्य एयरलाइन्स समूह, अमेरिकाका लागि एयरलाइन्सले भने यसबारेमा बैठक अगाडि टिप्पणी गर्न नचाहेको समाचारमा उल्लेख गरिएको छ।

प्रकाशित: २१ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...