
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले जापानमा नयाँ रेडमी नोट १०टी स्मार्टफोन सार्वजनिक गरेको छ।
गत महिना कम्पनीले जापानमा नोट सिरिजकै अर्को स्मार्टफोन सार्वजनिक गरेकामा अहिले आएर रेडमी नोट २०टी फाइभजी उपलब्ध गराएको हो। यो डिभाइस यसअघिका सिरिजको १०औं सदस्य रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
तर यो फोन यस अघि गत गृष्म ऋतुमा आएको रेडमी नोट १०टी फाइभजीभन्दा पूर्णरुपमा फरक रहेको बताइएको छ।
यो नयाँ डिभाइसमा स्न्यापड्रागन ४८० चिपसेट र डुअल क्यामरा सेटअप रहने बुझिएको छ।
यसबाहेक ६.५ इन्चको फुल एचडी एलसीडी डिस्प्लेका साथमा ८ मेगापिक्सेलको पन्चहोल सेल्फी क्यामरा उपलब्ध छ।
पछाडिको मुख्य क्यामरा ५० मेगापिक्सेलको रहने पनि बताइएको छ।
४/६४ मेमोरी र १८ वाट फास्ट चार्जसहितको ५००० एमएएच क्षमताको ब्याट्री रहने यो डिभाइसको मूल्य ३४ हजार ८ सय येन अर्थात् २७० डलर तोकिएको जीएसएमएरिनाले जनाएको छ।
प्रकाशित: २१ बैशाख २०७९, बुधबार