पहिलो त्रैमासमा वैश्विक सेमिकन्डक्टरको बिक्री २३ प्रतिशतले वृद्धि: रिपोर्ट

  • Technology Khabar | २१ बैशाख २०७९, बुधबार
पहिलो त्रैमासमा वैश्विक सेमिकन्डक्टरको बिक्री २३ प्रतिशतले वृद्धि: रिपोर्ट
सांकेतिक तस्बिर

काठमाडौं ।

विश्वभरमा मार्चमा ५०.६ अर्ब डलर बराबरको सेमिकन्डक्टर चिप बिक्री भएको आँकडा छ।

यस्तै यो वर्षको पहिलो त्रैमासमा १५१.७ अर्ब डलर बराबरको चिप बिक्री भएको र यो आँकडा त्रैमासिक हिसाबले ०.५ प्रतिशत घटेको तथा वार्षिक हिसाबले भने २३ प्रतिशतले बढेको सेमिकन्डक्टर इन्डस्ट्री एसोसियशन एसआईएको प्रतिवेदनमा उल्लेख छ।

‘वैश्विक सेमिकन्डक्टरको बिक्री २०२२ को पहिलो त्रैमासमा निकै मजबुत रह्यो, उक्त अवधिमा गत वर्षको सोही समयको तुलनामा सबै प्रमुख क्षेत्रीय बजार तथा उत्पादन समूहमा व्यापार वृद्धि भयो’, एसआईएका अध्यक्ष तथा सीईओ जोन न्यूफरले भने।

उनले मार्चमा अमेरिकाका बजारमा भएको बिक्रीले क्षेत्रीय बजारहरुमध्येको आँकडामा अग्रपंक्तिमा रहेको र यो आँकडा वार्षिक हिसाबले ४०.१ प्रतिशतको वृद्धि भएको जानकी पनि दिए।

अमेरिकाका बजारबाहेक यो अवधिमा यूरोपमा २५.७ प्रतिशत, जापानमा २०.४ प्रतिशत, एसिया प्रशान्त क्षेत्रमा १७.९ प्रतिशत, चीनमा १७.३ प्रतिशत वृद्धि भएको डिजिटाइम्सले जनाएको छ।

प्रकाशित: २१ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया