काठमाडौं ।
सोनीले २०२२ को ब्राभिया फोरके तथा एटके टीभीको मूल्य सार्वजनिक गरेको छ।
मूल्य अनुसार क्वान्टम डट ओएलईडीमा आधारित ब्राभिया एक्सआर मास्टर ए९५के सिरिजको ५५ इन्च मोडलको ३ हजार डलरबाट शुरु भएर ६५ इन्चको ४ हजार डलरसम्म पर्न सक्ने इन्ग्याजेटले उल्लेख गरेको छ।
यी दुवै फोरके टीभीहरु जुनसम्ममा प्रि अर्डरका लागि उपलब्ध हुने बुझिएको छ। यी टीभीहरुमा क्वान्टम डट प्रविधि रहेको र भिडियो च्याट क्यामरायुक्त लचिलो स्ट्याण्ड पनि आउने भएकाले सामान्यभन्दा अलि महंगो पर्न गएको बताइएको छ।
यीबाहेक बाँकी टीभीहरु भने सुपथ मूल्यका रहेका छन् जसमा मिनी एलईडीदेखि ओएलईडीसम्मका एक्स९५के सिरिजका ६५ देखि ८५ इन्च मोडलका टीभीहरुको मूल्य २८०० देखि ५५०० सम्म पर्न सक्ने इन्ग्याजेटले लेखेको छ।
अझै सस्तोमा जाने हो भने परम्परागत ओएलईडी प्यानल भएका ए९०के को ४२ इन्चको १४०० डलर तथा ४८ इन्चको मूल्य १५०० डलरसम्म पर्नेछ।
यस्तै ए८०के ५५ देखि ७७ इन्चसम्मको मूल्य २ हजारदेखि ३८०० डलरसम्म पर्ने जनाइएको छ।
प्रकाशित: २० बैशाख २०७९, मंगलवार