ईयूले लगाएको १.६ अर्ब डलर जरिबाना रद्द गर्न गुगलको आग्रह

  • Technology Khabar | २० बैशाख २०७९, मंगलवार
ईयूले लगाएको १.६ अर्ब डलर जरिबाना रद्द गर्न गुगलको आग्रह

काठमाडौं ।

अल्फाबेट इंक अन्तर्गतको गुगलले यूरोपको दोस्रो ठूलो अदालतसमक्ष आफूमाथि तोकिएको १.६ अर्ब डलर जरिबानाको फैसला रद्द गर्न आग्रह गरेको छ।

आफूमाथि यूरोपियन यूनियनको नियामकले तीन वर्षअघि प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनलाई प्रभाव पारेको भन्दै लगाएको उक्त रकम बराबरको जरिबाना रद्द गरिदिन कम्पनीले सोमबार आग्रह गरेको रोयटर्सले उल्लेख गरेको छ।

उक्त मुद्दा यूरोपियन यूनियनले गुगलमाथि लगाएका जम्मा सवा ८ अर्ब डलर बराबरका तीन ओटामध्येको एउटा भएको बताइएको छ।

यूरोपेली कमिसनले २०१९ मा गुगलले सर्च विज्ञापन दिने आफ्ना एडसेन्स प्लेटफर्मबाहेकका वेबसाइट ब्रोकरहरुलाई रोकेको आरोप लगाएको थियो।

कमिशनले गुगलको यस्तो अवैध गतिविधि सन् २००६ देखि २०१६ सम्म जारी रहेको बताएको थियो।

गुगलले भने ईयूको उक्त निर्णयकोविरुद्ध लक्जम्बर्गमा रहेको अदालतमा पुनरावेदन गरेको थियो। कम्पनीले सोमबार शुरु भएको तीन दिने सुनुवाईमार्फत् उक्त मुद्दाको छिनोफानो लगाउने रोयटर्सले जनाएको छ।

प्रकाशित: २० बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार