
काठमाडौं ।
फक्सवागनले स्वचालित ड्राइभिङ प्रविधिको विकास गर्न अमेरिकी चिप निर्माता क्वालकमसँग एक वर्ष लामो साझेदारी स्थापना गरेको छ।
यो सम्झौता २०३१ सम्म जारी रहने तय भएको जर्मन दैनिक ह्यान्डल्सब्लाटले सोमबार रिपोर्ट गरेको छ।
कार जायन्टले सन् २०२६ देखि विश्वभरका सबै ब्रान्डहरूमा स्वचालित ड्राइभिङका लागि विशेष रूपमा विकसित गरिएको क्वालकमको सिस्टम-अन-ए-चिप (एसओसी) प्रयोग गर्ने अखबारले कम्पनी स्रोतलाई उद्धृत गर्दै बताएको रोयटर्सले जनाएको छ।
फक्सवागनका सीईओ हर्बर्ट डाइस मध्य अप्रिलमा अमेरिकाको सान डिएगोमा रहेको क्वालकमको मुख्यालयमा गएका थिए, जहाँ उनीहरूले सम्झौताका सर्तहरूमा सहमति जनाएका थिए। ह्यान्डल्सब्लाटका अनुसार फक्सवागनले लगभग १ अर्ब यूरो खर्च गर्ने स्रोतहरूले उल्लेख गरेका छन्।
प्रकाशित: २० बैशाख २०७९, मंगलवार