चीनद्वारा थप पाँच नयाँ स्याटेलाइट प्रक्षेपण

  • Technology Khabar | २० बैशाख २०७९, मंगलवार
चीनद्वारा थप पाँच नयाँ स्याटेलाइट प्रक्षेपण

काठमाडौं ।

चीनले शनिबार पाँच ओटा स्याटेलाइटहरु अन्तरिक्षको अक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।

ती स्याटेलाइटहरु इस्ट चाइना सी मा रहेको प्रक्षेपणस्थलबाट स्थानीय समय अनुसार बिहान साढे ११ बजे योजना अनुरुपको अक्षमा प्रक्षेपण गरिएको सिन्ह्वाले उल्लेख गरेको छ।

जिलिन-१ गाओफेन सिरिजका ती स्याटेलाइटहरु लङ मार्च-११ क्यारियर रकेटमार्फत् पठाइएको र ती सबै योजनाअनुरुपकै अक्षमा सफलतापूर्वक अवतरण गरेको समाचारमा जनाएइएको छ।

लङ मार्चको ४१८औं उडान मिसनमार्फत् पठाइएका ती स्याटेलाइटले भूमि संशाधन सर्वेक्षण, शहरी योजना तथा प्रकोप अनुगमनजस्ता क्षेत्रका लागि आवश्यक व्यावसायिक रिमोट सेन्सिङ डाटा पठाउने सिन्ह्वाले उल्लेख गरेको छ।

यसअघि शुक्रबार पनि चीनले यस्तै प्रकृतिका दुईओटा स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको थियो।

सम्बन्धित समाचार

चीनद्वारा दुई नयाँ स्याटेलाइट प्रक्षेपण

 

प्रकाशित: २० बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार