एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना

  • Technology Khabar | १९ बैशाख २०७९, सोमबार
एनसेलले ल्यायो एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरुका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ। यो योजनामा एसईईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्नक लागि ४ जीबी डाटाका साथै रिचार्जमा बोनस लगायतका विभिन्न फाइदा लिन सक्छन् ।

यो योजना शुक्रबार वैशाख १६ देखि संचालनमा आएको हो । एसईई २०७९ को परीक्षाको प्रवेश पत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि, एक प्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाईन्टहरुबाट यो पहिलो सिम लिन सक्छन् ।

कर सहित मात्र रु. ४८ मा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले रु. १० को मेन ब्यालेन्स सहित सामाजिक सञ्जाल (फेसबुक, यूट्यूब र टिकटक) प्रयोग गर्नका लागि ४ जीबी डाटा (हरेक हप्ता १ जीबी डाटा गरि ४ हप्ता सम्म) को फाइदा लिन सक्छन्।

यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन्। जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक रु ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउनका लागि १ जीबी डाटा बोनस स्वरुप प्राप्त गर्नेछन् । प्राप्त बोनस डाटा ७ दिनको लागि मान्य रहनेछ।

सामाजिक सञ्जालको प्रयोगको लागि निश्चित डाटा भोलुमसहित एसईई दिएका विद्यार्थीका लागि पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ।

विद्यार्थीहरुलाई यस सिम कार्डले नयाँ सम्भावना तथा अवसरहरुसंग सहजै जोडिन सहयोग गर्नुका साथै साथीभाई, परिवारजनसँग सम्पर्कमा सही रहन मद्त पुर्याउने विश्वास एनसेलले लिएको छ।

प्रकाशित: १९ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...