चुनावको बेला इन्टरनेट बन्द नहुने व्यवस्था गर्न निर्वाचन आयोगको निर्देशन

  • Technology Khabar | १९ बैशाख २०७९, सोमबार
चुनावको बेला इन्टरनेट बन्द नहुने व्यवस्था गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं ।

निर्वाचनको मिति नजिकिँदै गएको समयमा इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएकोमा निर्वाचन आयोगले गंभिर ध्यानाकर्षण भएको जनाएको छ।

इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले चुनावको समयमा इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको प्रति आयोगको गंभिर ध्यानाकर्षण भएको बताएको हो।

आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले आज सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा विधमान सूचना तथा प्रविधिको युगमा इन्टरनेट सहज र निरन्तर प्राप्त गर्नु नागरिकको आवश्यकता भइसकेको भन्दै यो नागरिकको अधिकार समेत भएको बताए।

“इन्टरनेट बन्द भएको अवस्थामा संविधानले व्यवस्था गरेको नागरिकको हक र अभिव्यक्ति स्वतन्त्रता प्रति बाधा पुग्नेतर्फ सम्बद्ध पक्ष तर्फलाई ध्यानाकर्षण गराउँदछौं,” उनले भने।

देशभर एकै पटक स्थानीय तहमा निर्वाचन गराउन लागेको भन्दै इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गंभिर असर पर्ने भएको हुँदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध पक्षलाई यो अवस्था नआउने परिस्थिती बनाउन आयोगले निर्देशन समेत दिएको छ।

यसअघि आईस्पानले चुनावको समयमा इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको थियो। सरकारले आफ्ना समस्याहरु समाधान नगरेको र देखावटी कार्य मात्र गर्दै आएको भन्दै आईस्पानले इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको हो।

सम्बन्धित समाचार-

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा सहभागीता जनाउने आईस्पानको निर्णय

प्रकाशित: १९ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...