
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधि आजको विश्वमा अपरिहार्य रहेको बताएका छन्।
सोमबार जावलाखेलको स्टाफ कलेजमा आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा बोल्दै मन्त्री कार्कीले सूचना प्रविधिको प्रयोग, विकास र विस्तारबिना समग्र देश विकासको परिकल्पना गर्न पनि कठिन हुने बताए।
‘मानव जीवनलाई सरल सहज, सरल र समृद्ध बनाउनका लागि सञ्चार तथा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ’, उनले भने।
प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री कार्कीले सञ्चार तथा सूचना प्रविधिलाई व्यवस्थित गर्न सरकारले नीतिगत, कानूनी, संरचनागत तथा प्रक्रिया निर्माणका कामलाई अगाडि बढाएको बताए।
कार्यक्रममा मन्त्री कार्कीले नेशनल आईसीटी अवार्ड २०२२ बाट पुरस्कृत हुने विभिन्न व्यक्ति तथा संस्थालाई नगद तथा प्रमाणपत्र प्रदान पनि गरेका थिए।
यसबाहेक उनले कागजरहित सरकारको अवधारणाबमोजिम विद्युतीय हस्ताक्षरसहितको सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सफ्टवेयर प्रयोगमा ल्याइएको पनि जानकारी दिए।
कार्यक्रममा बोल्दै मन्त्री कार्कीले डाटा सेन्टर थप गर्ने काम अगाडि बढाइएको बताए।
प्रकाशित: १९ बैशाख २०७९, सोमबार