
काठमाडौं ।
राष्ट्रिय आईसीटी दिवसको अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई नेशनल आईसीटी अवार्ड २०२२ प्रदान गरिएको छ।
जावलाखेलको स्टाफ कलेजमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेशनल आईसीटी अवार्ड २०२२ बाट सम्मानित हुने व्यक्ति तथा संस्थालाई नगद तथा प्रमाणपत्र प्रदान गरे।
पुरस्कृत हुनेहरुमा नेशनल आईसीटी एक्सिलेन्स अवार्ड (वुमन) नेपाल दूरसञ्चार प्राधिकरणकी उप निर्देशक रोजाकिरण वासुकला, नेशनल आइसिटी अवार्ड (पब्लिक सेक्टर) नेपाली सेना, नेशनल आइसिटी इनोभेशन अवार्ड सिन्धुलीका शिवजंग चौलागाईँ, नेशनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) इन्ग्रेल्स प्रालि, नेशनल आईसीटी एक्सिलेन्स अवार्ड इन्जिनीयर पंकज जलान रहेका छन्।
वासुकला र जलानलाई सूचना प्रविधिको क्षेत्रमा पुर्याएको योगदानका लागि तथा नेपाली सेनालाई स्मार्ट आर्मी बनाउने क्रममा सूचना प्रविधिको अत्यधिक प्रयोग गरेको, इन्ग्रेल्स प्रालिलाई शैक्षिक संस्थालाई डिजिटाइज गरेको, शिवराज चौलागाईँलाई कृषिमा प्रविधिको प्रयोग गरेकोमा पुरस्कृत गरिएको हो।
पुरस्कारको राशी १ लाख रुपैयाँ रहेको छ।
प्रकाशित: १९ बैशाख २०७९, सोमबार